दफा
नयाँ नीतिको अपेक्षा

५. नयाँ नीतिको अपेक्षा

विश्व पर्यटन मानचित्रमा नेपाललाई आकर्षक, रमणीय र सुरक्षित गन्तव्य स्थलको रूपमा परिचय गराउदै, पर्यटन क्षेत्रका हवाई, होटल, ट्राभल तथा टूर जस्ता विविध प्रकारका गतिविधि र व्यवसायमा बृद्धिभई सर्वसाधारणको जीविकोपार्जनका लागि रोजगारीका अवसर लगायत उत्पादनशीलता, जनताको जीवनस्तर र आर्थिक बृद्धि दर सँगसँगै राजस्वमा योगदान पु¥याउने अपेक्षा प्रस्तुत नीतिले लिएको छ । यसबाट विशेष गरी ग्रामीण पर्यटन क्षेत्रमा स्थानीय समुदायको स्वामित्व र गुणस्तरीय सेवाको प्रतिस्पर्धामा विकास हुन जानेछ । साथै विद्यमान पर्यटकीय क्षेत्रहरूका पूर्वाधार सञ्चालनमा सुधार आउनुका साथै नयाँ पर्यटकीय सम्भावना भएका क्षेत्रमा पूर्वाधार विकासतर्फ लगानी प्रबद्र्धन गर्न प्रोत्साहन मिल्नेछ । पर्यटकीय क्षेत्रहरूमा स्थापित सामाजिक, सांस्कृतिक परम्परालाई अन्य देशका पर्यटक मार्फत बजारीकरणको अवसर प्राप्त भई अन्य देशका राम्रा पक्ष सिक्ने अवसर प्राप्त हुन सक्नेछ भने विभिन्न क्षेत्रका सांस्कृतिक, प्राकृतिक, पुरातात्विक एवं जैविक सम्पदाहरूको संरक्षण र प्रचारप्रसारबाट नेपालका विशेषताहरू विश्वमा फैलाउन सहज हुन गई यस क्षेत्रमा थप प्रोत्साहन समेत मिल्न सक्नेछ ।